पोखरा अपडेटः धनराजको ‘कलम’ले थापाको ’सूर्य’लाई झन् पछि पार्दै

काठमाडाैं | जेठ ८, २०७९

पोखरा अपडेटः धनराजको ‘कलम’ले थापाको ’सूर्य’लाई झन् पछि पार्दै


पोखरा महानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको ‘कलम’ले हालसम्म ४२ हजार ३४८ मत पाएर अग्रता बढाउँदै गएको छ । 

 

आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत प्राप्त गरेका छन् । दुईबीच ३ हजार ४१३ मतको अन्तर रहेको छ । 

 

त्यस्तै, नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत ल्याएकी छिन् । रानाभाटलाई एमालेकी मञ्जु गुरुङले १ हजार ७६७ मतले पछि पारेकी छिन् । गुरुङको ४४ हजार ३०१ मत रहेको छ । 

 

त्यस्तै, अटेरी अभियानको नाममा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले हालसम्म २ हजार ६७७ मत ल्याएका छन् । 

 

अहिलेसम्म १ लाख ५ हजार ८६२ मत गणना भइसकेको छ । मतगणना जारी छ । 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्